सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले त्यस्तो चेतावनी दिएका हुन् । उनको त्यो पोष्टमा कसैको नाम नभए पनि त्यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथिको कारवाहीप्रति लक्षित छ भनेर बुझ्न गाह्रो छैन ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको समेत अभियोग लगाएर मुद्दा दायर गरिएकोप्रति घुमाउरो असन्तुष्टि जनाउँदै उनले यस्तो टिप्पणी गरेका हुन् । सम्पत्ति शुद्धिकरणको कसुरमा जसको जहाँबाट पनि मुद्दा चलाउँदा कोही बाँकी नरहने भन्दै भण्डारीले हतारमा प्रतिक्रिया नजनाउन सुझावसमेत दिएका छन् ।
‘सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को ? बुझ्ने कोसिस गर ‘प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौँ कि १ सत्यलाई सत्य थाहा हुन्छ ।’ भण्डारीले लेखेका छन् ।
सहकारी काण्डमा काँग्रेसको माग बमोजिम गठित संसदीय विशेष समितिको सिफारिसबमोजिम लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोगमा मुद्दा दर्ता भएको छ ।
अदालतमा थुनछेक बहस चलिरहँदा कांग्रेस नेताको यस्तो प्रतिक्रिया आएको हो । भण्डारीको यो टिप्पणीले रास्वपा खेमा उत्साहित देखिएको छ भने नेपाली कांग्रेसका नेताहरु भने अदालतमा विचाराधिन मुद्धामा एक पक्षलाई प्रोत्साहित गर्ने गरि पार्टी नेताबाट यस्तो धारणा आउनु संयोग हो कि नियोजित भन्ने प्रश्न उठाउन थालेका छन् ।