अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३३.४२ अंक घटेर २६८२.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७० अंक बढेर २६८३.९९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९२ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४४ स्टकको ६६ पटकको कारोबारमा १९ लाख ५६८ रुपैयाँ ६० पैसाबराबरको २ हजार ७१७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।