प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Dec 08, 2024 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १५.९३ अंक घटेर २७३४.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७१ अंक बढेर २७३५.६५ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३९ स्टकको ९१ पटकको कारोबारमा ५६ लाख ३० हजार ७६४ रुपैयाँ २० पैसाबराबरको ७ हजार ७५९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने १६ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।