प्राविधिक विश्लेषणका अग्रगामीहरु को को हुन्? प्राविधिक विश्लेषणका सिद्धान्त के के हुन्?

Oct 13, 2024 05:21 PM Merolagani



जोसेफ डे ला भेगा, होमा मुनिहिसा, चार्ल्स डाउ, रिचार्ड डक्लु स्काबकर, जोन मागी र रोबर्ट डी एडवार्ड प्राविधिक विश्लेषणका अग्रगामीहरु हुन्।

जोसेफ डे ला भेगा एक डच व्यापारी थिए जसले सन् १६८८ मा डच क्यापिटल मार्केटमा पहिलो पटक प्राविधिक विश्लेषणको परिचय गराएका थिए।

 होमा मुनिहिसा एक जापानी चामल व्यापारी थिए जसले सन् १७५५ मा क्यान्डलस्टिक चार्ट, चार्ट प्याटर्न र मार्केट ट्रेण्ड एनालाइसिसको परिचय गराए।

चार्ल्स डाउ प्राविधिक विश्लेषणका अग्रगामी हुन् जसले सन् १८९९ देखि १९०२ को बीचमा पहिलो पटक डाउ थ्योरी प्रकाशित गरेका थिए जसका कारण प्राविधिक विश्लेषणले चर्चा पायो।

रिचार्ड डब्लु स्काबकरले आफ्ना पुस्तकहरुमार्फत सन. १९२० र १९३० को दशकमा प्राविधिक विश्लेषणको प्रचार गरे जसले प्राविधिक विश्लेषणको वृद्धि हुन सहयोग गर्यो।

जोन मागी र रोबर्ट डि एडवार्डले प्राविधिक उपकरण, ट्रेण्ड एनालाइसिसका तरिका र प्राविधिक विश्लेषणका सिद्धान्तहरु सन् १९४८ मा आफ्नो पुस्तकमार्फत प्रचलित गरे।

प्राविधिक विश्लेषणका सिद्धान्तहरु के के हुन्?

प्राविधिक विश्लेषणका तीन सिद्धान्तः बजार एक्सनले सबै डिस्काउण्ट दिन्छ, मूल्य ट्रेण्ड अनुसार चल्छ र इतिहासले आफैलाई दोहोर्याउँछ।

१. मार्केट एक्सनले सबै डिकाउण्ट दिन्छः

प्राविधिक विश्लेषणको पहिलो सिद्धान्त, मार्केट एक्सनले सबै डिस्काउण्ट दिन्छ। जसको अर्थ मूल्यलाई असर पार्ने राजनीतिक गतिविधि, आर्थिक गतिविधि, मनोवैज्ञानिक तत्व, बजारको सेन्टिमेन्ट आदि सबै मूल्यमा पहिले नै झल्किन्छ। यहि सिद्धान्तको परिणम स्वरुप, सबै कुरा मूल्यमा प्रतिबिम्बित हुने भएकोले प्राविधिक ट्रेडर र प्राविधिक विश्लेषकहरु मूल्य पूर्वानुमान र बजार विश्लेषणको एक मात्र अत्यावश्यक विधि हो भन्ने मान्छन्।

२. मूल्य ट्रेण्ड अनुसार चल्छः

प्राविधिक विश्लेषणको दोस्रो सिद्धान्त कारोबार गर्न मिल्ने बजारहरुले देखाउने लामो अवधिको डिरेक्सनल ट्रेण्डिङ्ग मुभमेन्टको अवलोकन गर्नु हो। ट्रेण्ड तीन प्रकारका हुन्छन्ः अपट्रेण्ड, डाउनट्रेण्ड र साइडवेज ट्रेण्ड।

३. इतिहासले आफैलाई दोहोर्याउँछः

प्राविधिक विश्लेषणको तेस्रो सिद्धान्त इतिहासले आफैलाई दोहोर्याउँछ हो, जसको अर्थ विगतमा मूल्य तथ्यांकमा देखिएका प्याटर्न र ट्रेण्डहरुले भविष्यमा आफै दोहोर्याउँछ। यो सिद्धान्त बजारका तत्वहरुले समयसँगै सोही प्रकारका व्यवहार दोहोर्याउँछ भन्ने विश्वासमा आधारित छ जसले गर्दा समान बजार गतिशीलता र मूल्य उतारचढावको पुनरावृत्ति हुन्छ। यसले ट्रेडर र प्राविधिक विश्लेषकहरुलाई यी प्याटर्न र दोहोरिने मूल्य उतारचढावहरु हुनेछ भन्ने विश्वास दिलाई ट्रेडिङ्ग सिग्नलहरु पहिचान गर्न सहयोग गर्दछ।

(अनुवादित)

 



अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।