कारको एसी पनि बन्न सक्छ मृत्युको कारण, कसरी बच्ने?

Oct 13, 2024 10:22 AM Merolagani



कार चलाउँदा एयर कन्डिसन (एसी) प्रयोग गर्नु सामान्य कुरा हो। तर, केही विशेष अवस्थामा एसीको प्रयोग घातक साबित हुनसक्छ । समाचारमा यस्ता अप्रिय घटनाका खबरहरू बाहिरिएका हुन्छन् । 

केहि समय अघि, भारतमा यस्तै घटना घटेकाे खबर बाहिरिएकाे थियाे । देहरादूनमा पार्क गरिएको कारमा एक पुरुष र एक महिला मृत फेला परेका थिए । उनीहरु दुबैजना सडकको छेउमा पार्किङ गरेको कारमा एसी खाेलेर सुतिरहेका थिए । साेहि समयमा, एसीकाे ग्यास र तापक्रमका कारण उनीहरुको ज्यान गएको थियाे ।

कसरी भयाे घटना ?

यो घटना देहरादूनको राजपुर क्षेत्रको हो । प्रहरीले कन्ट्रोल रुम मार्फत् सूचना पाएको थियो कि देहरादुनको नागल वली रोडमा एक वैगन आर पार्क गरिएको थियो । यसमा एक पुरुष र एक महिला अचेत अवस्थामा थिए। सूचना पाएपछि प्रहरी घटनास्थल पुग्दा महिला र पुरुष दुवै मृत अवस्थामा थिए । प्रारम्भिक अनुसन्धानमा दुवैले बारम्बार मदिरा सेवन गरेको खुलेको छ । घटनाको समयमा गाडीको इग्निशन बलिरहेको थियो। राति पनि गाडीको एसी निरन्तर चल्दा ग्यास र तापक्रमको असरले दुवैको मृत्यु भएको हुनसक्छ ।

यस्तो घटना सार्वजनिक भएको यो पहिलो पटक भने होइन । यसै वर्षको जुनमा भारतकै गाजियाबादमा पनि यस्तै एउटा घटना बाहिर आएको थियो । साे समयमा, प्रह्लादगढीको ट्राफिक सिग्नल नजिक ३६ वर्षीय ट्याक्सी चालक आफ्नो वैगनआर कारमा मृत फेला परेका थिए । साहिबावाद निवासी क्याब चालक कल्लु दुबेको निसास्सिएर मृत्यु भएको प्रहरीकाे भनाइ थियाे । मादक पदार्थ सेवन गरेको अवस्थामा उनी कारमा एसी राखेर सुतेका थिए । रातभर एसी चलेर केबिनमा ग्यास भरिदा ट्याक्सी चालकको निसासिएर मृत्यु भएको हो । यसअघि, पनि यस्ताे कैयाैं घटना घटेका छन् ।

एसी अन गरेर सुत्दा किन मृत्यु हुन्छ ?

सामान्यतया, धेरैजसो मानिस आफ्नो कार पार्क गरेर एयर कन्डिसनर अन राखेर सुत्ने गरेको देखिन्छ । एसी चल्दा गाडी चालक वा यात्रुहरुले सबै झ्याल बन्द राख्छन् । यस्तो अवस्थामा, गाडीको केबिनमा ग्यास जम्मा हुनु सामान्य हो । तर, सबैभन्दा ठूलो प्रश्न यो घातक ग्यास केबिन भित्र कसरी आयो भन्ने हो। कारको इन्जिनबाट निस्कने विषाक्त ग्यास, मुख्यतया कार्बन मोनोअक्साइडका कारण कारमा बस्ने व्यक्तिको निसास्सिएर मृत्यु हुन सक्छ। यो ग्यास एसी भेन्टबाट गाडीको केबिनमा आउँछ।

यदि कारमा बसेको व्यक्ति सुतिरहेको छ भने उसलाई थाहा पनि हुँदैन र कार्बन मोनोअक्साइडले उसको रगतमा अक्सिजनको स्थान लिन्छ । जसका कारण बिस्तारै निसास्सिएर ती मानिसको मृत्यु हुन्छ । विज्ञहरूका अनुसार व्यक्तिको शरीरमा कार्बन मोनोअक्साइड धेरै मात्रामा भरिँदा रक्त कोशिकाहरू अचानक अक्सिजन सकिएकाले उसको छिटो मृत्यु हुन सक्छ।

शरीरको प्रत्येक कोशिकालाई काम गर्नका लागि अक्सिजन चाहिने विज्ञहरूले बताउँछन्। जब कुनै व्यक्ति कार्बन मोनोअक्साइडको सम्पर्कमा आउँछ, हेमोग्लोबिनमा रहेको अक्सिजन कार्बोक्सीहेमोग्लोबिनमा परिणत हुन्छ जसकारण कोषहरूले काम गर्न सक्दैनन् र टिस्युजहरूको काम रोकिन्छ। यस अवस्थालाई हाइपोक्सिया भनिन्छ जसले व्यक्तिमा गम्भीर टाउको दुख्ने, चक्कर लाग्ने र भ्रम उत्पन्न गर्ने जस्ता समस्या हुन सक्छ।

तर, व्यक्ति जागृत र सचेत हुँदा मात्र यी प्रभावहरू देखिनेछन्। यदि यस्तो अवस्था आयो भने, ऊ छिट्टै कारबाट बाहिर निस्केर मृत्युबाट बच्न सक्छ। तर, ऊ सुतिरहेमा वा मदिराको मातमा रहँदा उसलाई थाहा हुँदैन । उसको शरीरमा साइलेंट प्वाइजन प्रवेश गरिरहेको छ जसले उसलाई मौन मृत्यु दिन सक्छ।

नशा र एसीको संयोजन

रक्सी पिउनु र सवारी चलाउनु सधैं खतरनाक हुन्छ। यसले दुर्घटनाको सम्भावनालाई धेरै बढाउँछ। यो पूर्णतया गैरकानूनी पनि हो र मादक पदार्थ सेवन गर्दा भारी जरिवाना र सजायको व्यवस्था छ। तर, कारको झ्याल बन्द र एसी अन गरी मादक पदार्थ सेवन गरेको अवस्थामा सुत्नु पनि कम खतरनाक होइन । मादक पदार्थ सेवन गरी गाडीमा सुत्ने गरेको धेरै पटक देखिएको छ । कुनै अप्रिय घटना वा गाडीमा राखिएका सामान चोरी हुने डरले मानिसहरु गाडीको झ्याल पूरै बन्द गर्छन् । कार्बन मोनोअक्साइड एसी भेन्ट्सबाट कार केबिनमा प्रवेश गर्दा मृत्यु हुने याे यो डरलाग्दो अवस्था हो।

कसरी बच्ने?

सबैभन्दा पहिले, तपाइँलाई थाहा हुनुपर्छ कि पार्क गरिएको कारमा सुत्नु कुनै पनि परिस्थितिमा सुरक्षित छैन। तर, यदि कुनै आपतकालीन अवस्था आयो र कारमा सुत्नु पर्यो भने कारको झ्याल पूरै बन्द नगर्नुहोस्। जसले गर्दा कारको केबिनबाट ग्यास बाहिर निस्किरहन्छ र अक्सिजन भित्रै रहन्छ ।

मादक पदार्थ सेवन गरी कारमा कहिल्यै सुत्नु हुँदैन किनकि यो सबैभन्दा खतरनाक अवस्था हो। धेरैजसो अवस्थामा मादक पदार्थ सेवन गरेर मानिसको मृत्यु भएको देखिएको छ । यदि उनीहरू होशमा भएको भए निसास्सिएर ब्युँझन सकिन्थ्यो जसले उनीहरूको ज्यान बचाउन सक्थ्यो।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।