सातामा करिब साढे ४ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Oct 26, 2024 06:17 AM Merolagani



यस साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत घटेको छ। गत साता २७४५.३६ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.३१ प्रतिशत अर्थात ११८.२२ अंक घटेर २६२७.१४ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनका लागि खुलेको बजारमा ४ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेको थियो। यस साता मंगलबार नेप्से परिसूचक करिब २६ अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.२५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ४.५८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.४६ प्रतिशत घटेको छ।

नेप्से घटेपनि यस साता दैनिक औषत कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ९९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १२.९१ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या १५.०४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १२.५९ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि करिब साढे ४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६५ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ८७ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ७७ अर्बमा झरेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.७५ प्रतिशत घटेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत घटेको छ। गत साता १६०८.२४ विन्दुमा बन्द भएको बैंकिङ्ग उपसमूहको परिसूचक, यस साता ८४.७८ अंक घटेर १५२३.४६ विन्दुमा झरेको छ।

अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६९१.७५ अंक घटेको छ। गत साता १३३७०.८१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता घटेर १२६७९.०६ विन्दुमा झरेको छ।

यस साता पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १९.२५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशत बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य साढे ११ प्रतिशत बढेको छ। कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक १५.७१ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता गुडविल फाइनान्सको शेयरमूल्य करिब साढे १५ प्रतिशत बढेको छ भने एनआईसी एशिया बैंकको शेयरमूल्य १० प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता मिथिला लघुवित्त वित्तीय संस्था, मेगा म्युचुअल फण्ड १, पिपुल्स हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने विशला बजार कम्पनी, युनिलिभर नेपाल, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।