बैंकहरुमा लगानीयोग्य रकम फालाफाल हुँदा पनि स्प्रेड दर घटेन, अधिकाँश बैंकको स्प्रेड दर राष्ट्र बैंकले तोकेको अधिकतम सिमामा

Nov 04, 2024 06:07 PM Merolagani



बैंकहरुमा अहिले लगानीयोग्य रकम अधिक छ। करिब ७ खर्ब लगानीयोग्य रकम बैंकमा नै थुप्रिएर बसेको छ। तर ब्याजदरमा भने बैंकहरुले प्रतिस्पर्धा गर्न नसकेको देखिएको छ।

विगतमा जस्तो अहिले बैंकहरुमा अधिक तरलता भएपनि बैंकहरुले स्प्रेड दर भने घटाएका छैनन्। अधिकाँश बैंकको स्प्रेड दर राष्ट्र बैंकले तोकेको माथिल्लो सिमामा नै छ।

स्प्रेड दर भनेको बैंकहरुले कर्जामा लिने औसत ब्याजदर र निक्षेपमा दिने औसत ब्याजदरको अन्तर हो। कर्जा र निक्षेपको औसत ब्याजदरको अन्तर बढी हुँदा कर्जाको ब्याजदर बढी पर्न जान्छ। स्प्रेड दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ।

बैंकले आर्जन गर्ने नाफामा स्प्रेड दरको ठूलो भुमिका रहन्छ। विगतका वर्षहरुमा स्प्रेड दर धेरै राखेर नाफा कमाएको आरोप बैंकहरुलाई लाग्ने गरेको थियो। बैंकहरुको स्प्रेड दर धेरै हुँदा खुद ब्याज आम्दानी बढ्छ भने स्प्रेड दर कम हुँदा खुद ब्याज आम्दानीमा असर पर्छ।

पछिल्लो समय यसैपनि बैंकहरुको ब्याज आम्दानी निरन्तर घट्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकाँश बैंकको ब्याज आम्दानी नकारात्मक देखिएको छ। बैंकहरुमा अधिक लगानीयोग्य रकम थुप्रिएको र लगानीमा रहेको कर्जाको समेत कतिपय ब्याज असुलीमा समस्या हुँदा ब्याज आम्दानी घटेको हो।

ब्याज आम्दानी घट्दै गएको अवस्थामा स्प्रेड दर अझ कम राख्ने हो भने त्यसले उनीहरुको आम्दानीमा थप असर पार्छ। यसले गर्दा बैंकहरुले अहिले समेसम्म बढी नै स्प्रेड दर कायम गर्न खोजेको देखिन्छ।

बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुको औसत स्प्रेड दर ३.९६ प्रतिशत रहेको छ। केन्द्रीय बैंकले बैंकहरुलाई स्प्रेडदर अधिकतम ४ प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था गरेको छ। ५ वटा बैंकले केन्द्रीय बैंकले तोकेको अधिकतम सिमा अर्थात ४ प्रतिशत स्प्रेड दर कायम गरेका छन् भने अन्य बैंकहरुले पनि ४ प्रतिशतकै हाराहारीमा स्प्रेड दर कायम गरेका छन्।

पहिलो त्रैमासमा स्ट्यान्डर्ड चाटर्ड बैंक, सानिमा बैंक, एनआइसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले ४ प्रतिशत स्प्रेड कायम गरेका छन्। पहिलो त्रैमासमा नेपाल एसविआई बैंकले सबैभन्दा कम ३.७६ प्रतिशत स्पेड दर कायम गरेको छ भने कुमारी बैंकले ३.८६ प्रतिशत स्प्रेड दर कायम गरेको छ।

आर्थिक वर्ष २०७८ मा बैंकहरुमा अधिक तरलता रहेको कारण केन्द्रीय बैंकले साढे ४ प्रतिशतसम्म स्प्रेड दर कायम गर्न पाउने व्यवस्था गरेको भए पनि बैंकहरुले स्प्रेड दर २ प्रतिशतसम्म झारेका थिए। त अहिले भने अधिक तरलता हुँदा पनि स्प्रेड दर भने घटाउन खोजेको देखिदैन।

 




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।