उक्त साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० कराेड ९ लाख ७४ हजार ६ रूपैयाँको ४ प्रतिशतले हुने ५६,८०,३८,९६० रूपैयाँ २३ पैसा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ ।
त्यसैगरी, सभाले कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २ कराेड ९८ लाख ९६ हजार ७८७ रूपैयाँ ३८ पैसा सहित जम्मा ५९ कराेड ७९ लाख ३५ हजार ७४७ रूपैयाँ ६१ पैसा लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
साे अवसरमा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको एनफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८०/८१ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए । यसका साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा व्यक्त गरे।