गरिमा क्यापिटलले विश्व लगानीकर्ता सप्ताह अन्तर्गत एक दिने पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

Oct 28, 2024 04:02 PM Merolagani



गरिमा क्यापिटल लिमिटेड(GCL)ले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियान अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस कार्यक्रम अन्तर्गत आइतबार नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली न.पा. वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजी बजारबारे सूचित गराउने उद्देश्यले सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पूँजी बजार साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान)का सचिव ठाकुर प्रसाद शर्माले संचालन गरेका थिए भने कार्यक्रमको प्रमुख वक्ताका रुपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रवर्द्धन विभाग प्रमुख दिपक न्यौपाने रहेका थिए । सोही कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान)का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।

विश्व लगानीकर्ता सप्ताह (२०२४) एक हप्ते लामो आई.ओ.एस सिओद्वारा प्रवद्र्घन गरिएको विश्व व्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पूँजी बजारसँग सम्बन्धी जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।