माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

Oct 29, 2024 05:04 PM Merolagani



माछापुच्छ्रे क्यापिटल लिमिटेड(MCL)को पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको प्रमुख आतिथ्यमा साधारण सभा म‌ंगलबार सम्पन्न भएकाे हाे ।

आज सम्पन्न यस साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु, आ.व. २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएका छन् ।

कम्पनीको पाँचौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गरेका थिए । हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०८१ असाेज १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरि २०८१ असाेज २१ गते योजना समेत दर्ता गरि स्वीकृतिको प्रक्रियार्थ रहेको उनले जानकारी गराए ।

 

यसका साथै, कम्पनीले आगामी दिनमा पुँजी बजारको विकासमा अझ बढि टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वास व्यक्त गरे । यसका साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने मुख्य कम्पनी माछापुच्छ्रे वैंक लि., नियमक निकायहरु, लेखापरीक्षकहरु, सेवाग्राही, कानूनविद्, संचारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनीहरु तथा कम्पनीका कर्मचारीहरु सबैलाई धन्यबाद व्यक्त गरे ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।