सुनको मूल्यले पुनः गर्याे रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?

Oct 30, 2024 10:57 AM Merolagani



कात्तिक १४ गते बुधबार, सुनको भाउ पुनः ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको हो । तिहारको समयमा सुन र चाँदीको खरिद बिक्री बढ्ने गर्दछ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त मूल्य नै हालसम्मकै उच्च हो । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम सुनको मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई कायम गरेको हो ।

यस दिन चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १२० रुपैयाँ खरिदबिक्री भएको छ । मंगलबार बजारमा चाँदी प्रतितोला दुई हजार १०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।