प्रि ओपन सेसन अपडेटः करिब २ अंक बढ्यो नेप्से

Oct 30, 2024 10:53 AM Merolagani



तिहार अघिको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४६.६९ अंक बढेर २६९२.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७५ अंक बढेर २६९३.८१ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५१ स्टकको १२८ पटकको कारोबारमा ६३ लाख १९ हजार ४२३ रुपैयाँ ६० पैसाबराबरको १२ हजार ९२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।