प्रि ओपन सेसन अपडेटः करिब २ अंक बढ्यो नेप्से

Oct 30, 2024 10:53 AM Merolagani



तिहार अघिको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४६.६९ अंक बढेर २६९२.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७५ अंक बढेर २६९३.८१ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५१ स्टकको १२८ पटकको कारोबारमा ६३ लाख १९ हजार ४२३ रुपैयाँ ६० पैसाबराबरको १२ हजार ९२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।