बजारले ठूलो फड्को मार्ने छ

Oct 30, 2024 05:24 PM Merolagani



तिहारअघिको अन्तिम कारोबार दिन बजार करेक्सन भएर बन्द भएको छ । बजार १४.४३ विन्दुले घटेर २६७७.६२ अंकमा झरेको छ ।

तिहार अघि नाफा सुरक्षित गर्नतर्फ केन्द्रित हुँदा बजारमा दबाव परेको हो । चाड पर्वकाे प्रभाव सकिदै गर्दा बजारमा त्यसको सकारात्मक प्रभाव पर्ने आशा लगानीकर्तामा छ ।

आम लगानीकर्ताले अपेक्षा गरेजस्तो राम्रो बुल आउनका लागि नयाँ पैसा, नयाँ लगानीकर्ता भित्रनु पर्ने बुझाई छ । बैंक ब्याजदर घटेको छ । बैंक प्रणालीमा तरलता थुप्रेकाे छ ।

बजारमा राजनीति र नीतिगत अस्थिरताकै कारण प्रभावमा परेको वरिष्ठ सञ्चारकर्मी डिल्ली बसेलले बताए । सरकार बजार प्रति सकारात्मक भएको हुँदा बजारले ठूलो फड्को मार्ने उनको विश्वास छ ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।