बजारले ठूलो फड्को मार्ने छ

Oct 30, 2024 05:24 PM Merolagani



तिहारअघिको अन्तिम कारोबार दिन बजार करेक्सन भएर बन्द भएको छ । बजार १४.४३ विन्दुले घटेर २६७७.६२ अंकमा झरेको छ ।

तिहार अघि नाफा सुरक्षित गर्नतर्फ केन्द्रित हुँदा बजारमा दबाव परेको हो । चाड पर्वकाे प्रभाव सकिदै गर्दा बजारमा त्यसको सकारात्मक प्रभाव पर्ने आशा लगानीकर्तामा छ ।

आम लगानीकर्ताले अपेक्षा गरेजस्तो राम्रो बुल आउनका लागि नयाँ पैसा, नयाँ लगानीकर्ता भित्रनु पर्ने बुझाई छ । बैंक ब्याजदर घटेको छ । बैंक प्रणालीमा तरलता थुप्रेकाे छ ।

बजारमा राजनीति र नीतिगत अस्थिरताकै कारण प्रभावमा परेको वरिष्ठ सञ्चारकर्मी डिल्ली बसेलले बताए । सरकार बजार प्रति सकारात्मक भएको हुँदा बजारले ठूलो फड्को मार्ने उनको विश्वास छ ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।