बीमा कम्पनीमा किन देखियो लगानीकर्ताको आकर्षण, सेक्टर परिवर्तन गर्न थालेका हुन्?

Nov 05, 2024 05:39 PM Merolagani



तिहारपछि खुलेको बजारमा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। नेप्से सूचक यथास्थितिमा नै बसे पनि केही कम्पनीमा भने लगानीकर्ताको राम्रो आकर्षण देखिन्छ।

मंगलबार बजार ०.२१ अंकले घटेर २६७७.४० विन्दुमा झरेको छ भने ४ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसदिन सबैभन्दा धेरै बीमा समूहका कम्पनीको शेयरमूल्य बढेको छ। पछिल्ला समय लगानीकर्ताहरु बीमा क्षेत्रतर्फ सिफ्ट हुन थालेको आंकलन गरिएको छ।

बीमा कम्पनीहरुमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्दा आकर्षण बढेको हुन सक्ने लगानीकर्ताहरु बताउँछन्।

अहिले शेयर बजारले लगानीकर्तालाई द्विविधामा पारेको भए पनि कम्तिमा ३ महिनाको टार्गेट लिएर बजारमा लगानी गर्ने हो भने अहिले शेयर खरिद गर्नको लागि उपयुक्त समय रहेको लगानीकर्ताहरु बताउँछन्। उनीहरूका अनुसार अहिले बजारमा लगानीकर्ताले मिडक्याप कम्पनी छनोट गर्दा उपयुक्त हुने देखिन्छ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।