सुन मूल्य बढ्याे, चाँदीको मूल्यमा गिरावट

Nov 06, 2024 11:24 AM Merolagani



कात्तिक २१ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य  बढेकाे छ । यस दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले  बढेकाे हाे ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुनको मूल्य एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला दुई हजार १५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३० रुपैयाँ कायम थियो।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।