यो विन्दुमा सुस्ताएको बजारले के संकेत गर्दैछ ?

Nov 06, 2024 05:17 PM Merolagani



तिहार पछिका दुई कारोबार दिन बजार सुस्ताएको छ । बुधबारको बजार १.८८ विन्दुले घटेर २६७५ को अंकमा पुगेकाे छ भने मंगलबार पनि झिनो अंकले घटेर बजार बन्द भएको थियो ।

यी पछिल्ला दुइ  दिनलाई नियाल्दा बजार साइडवेजमा छ । लगानीकर्ताहरु बजारमा सकृय भएर कारोबामा आइनसकेको देखिन्छ । शेयर बिक्रीकर्ता र खरिदकर्ताहरु पर्खाइमा रहेको हुनसक्ने आँकलन गरिएको छ ।

बजार बलियो आधार बनाउनको लागि यही विन्दुमा समय लगाएको हुन सक्ने देखिन्छ। यस्ताे अवस्थामा  बजारले शक्ति सञ्चय गर्दैछ भन्ने बुझाई लगानीकर्तामा छ ।

 




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।