फाइनान्स कम्पनीहरुको खराब कर्जा ३४ प्रतिशतसम्म पुग्यो, तर पनि किन पर्दैछ लगानीकर्ताको रोजाइमा?

Nov 07, 2024 06:34 PM Merolagani



केही फाइनान्स बाहेका अधिकांश फाइनान्सको वित्तीय अवस्था कमजोर बन्दै गएको देखिएको छ। फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार उनीहरुको  वित्तीय अवस्था निकै कमजोर छ तर पनि शेयर बजारका लगानीकर्ताको आकर्षण भने तिनै  कम्पनीमा देखिन्छ।

पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ९ वटा फाइनान्स कम्पनी नाफामा छन् भने बाँकी ६ वटा फाइनान्स कम्पनी घाटामा छन् । ४ वटा फाइनान्स कम्पनीको मात्रै लाभांश दिन सक्न क्षमता छ।

विवरण अनुसार पहिलो त्रैमासमा मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै ९ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने उसको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८८ पैसा छ। प्रोग्रेशिभ फाइनान्सले ८ कराड ९ लाख नाफा कमाएको छ भने उसको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ छ। यस्तै जानकी फाइनान्सले ६ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ उसको प्रतिशेयर आम्दानी ४० रुपैयाँ छ।

आइसिएफसी फाइनान्सको प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ भने गुढविल फाइनान्स र सेन्ट्रल फाइनान्सको २० रुपैयाँ छ। गोर्खाज फाइनान्सको ११ रुपैयाँ,मल्टिपर्पस फाइनान्सको ९ रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सको १ रुपैयाँ छ भने बाँकी ६ फाइनान्सको नकारात्मक छ।

वितरणयोग्य नाफा हेर्दा मञ्जुश्री फाइनान्स,जानकी फाइनान्स,आइसिएफसि फाइनान्स र मल्टिपर्पस फाइनान्स बाहेक अन्य सबै फाइनान्सको नाकारात्मक रहेको छ।

तथ्याँक हेर्दा अधिकाँश फाइनान्स कम्पनीको लाभाँश क्षमता नकारात्मक छ। उनीहरुले चालु आर्थिक वर्षमा पनि लाभांश दिन सक्ने सम्भावना कमै छ। केही फाइनान्सको मात्रै लाभांश दिनसक्ने क्षमता देखिन्छ। जानकी फाइनान्स,प्रोग्रेशिभ फाइनान्स र समृद्धि फाइनान्सको रिजर्भ समेत नकारात्मक छ।

  • खराब कर्जाले थलिदै फाइनान्स

फाइनान्स कम्पनीहरुको सबैभन्दा ठूलो समस्या खराब कर्जा देखिएको छ। पहिलो त्रैमासमा फाइनान्सहरुको खराब कर्जा २४ प्रतिशतसम्म पुगेको छ।

हुन त पछिल्लो समय अर्थतन्त्रमा देखिको मन्दीले विकास बैंक र वाणिज्य बैंकहरुको पनि खराब कर्जा बढ्दै गएको छ तर केही फाइनान्सको खराब कर्जा धेरै नै माथि पुगिसकेको देखिन्छ।

फाइनान्स कम्पनीहरुको औसत खराब कर्जा नै ५ प्रतिशतभन्दा धेरै छ जसमा जानकी फाइनान्सको सबैभन्दा धेरै ३४.६४ प्रतिशत रहेको छ भने समृद्धि फाइनान्सको २३.४७ प्रतिशत,पोखरा फाइनान्सको १४.४४ प्रतिशत र गुहेश्वरी फाइनान्सको १३ प्रतिशत रहेको छ।

यता नेपाल फाइनान्सको १०.३६ प्रतिशत खराब कर्जा छ भने सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको ७.४७ प्रतिशत छ। अन्य फाइनान्सको भने खराब कर्जा ५ प्रतिशतभन्दा कम छ। सबैभन्दा कम खराब कर्जा भने मञ्जुश्री फाइनान्सको छ। उसको खराब कर्जा ३ प्रतिशत मात्र छ।

  • दोस्रो बजारमा भने सधै लगानीकर्ताको आकर्षण

वित्तीय रुपमा खराब देखिए पनि दाेस्रो बजारका लगानीकर्ताको रोजाइमा भने फाइनान्स कम्पनीहरु नै पर्न थालेका छन्। पछिल्लो समय सबैभन्दा धेरै बढ्ने पनि फाइनान्स कम्पनीहरु नै छन्।

फाइनान्स कम्पनीहरुमध्ये पनि वित्तीय रुपमा राम्रो अवस्था रहेका भन्दा तुलनात्मक रुपमा कमजोर अवस्था भएका कम्पनीहरुको शेयरमूल्य धेरै बढेको पाइन्छ।

फाइनान्स कम्पनीहरुको पूँजी कम भएको र केही खेलाडीहरुले फाइनान्स कम्पनीमा खेलिरहेकोले पनि लगानीकर्ताको आकर्षण फाइनान्समा बढी रहेको लगानीकर्ताहरु बताउँछन्। थोरै पैसाले सहजै मूल्य बढाउन सकिने र उक्त समूहकमा थोरै मात्रै कम्पनी सूचीकृत रहेकोले खेलाडीहरुले फाइनान्सलाई टार्गेट गरेको हुनसक्ने उनीहरु बताउँछन्।

बुधबारसम्मको तथ्याँक हेर्दा नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १ हजार ४२१ रुपैयाँ छ भने गुडविल फाइनान्सको १ हजार २० रुपैयाँ, समृद्धि फाइनान्सको ८४८ रुपैयाँ र जानकी फाइनान्सको ७९० रुपैयाँ छ।

फाइनान्स कम्पनीहरुमा गुहेश्वरी फाइनान्सको शेयरमूल्य सबैभन्दा कम ६४८ रुपैयाँ र बेष्ट फाइनान्सको ६५३ रुपैयाँ छ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।