अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जितेपछि सुन एकैदिन ताेलामा ४ हजार सस्तियाे

Nov 07, 2024 12:10 PM Merolagani



सुनको भाउ बिहिवार एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुन १ लाख ६८ हजार ५०० रुपैयाँ कायम रहेको थियो । 

बिहीबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला २ हजार १५ रुपैयाँ कायम रहेको थियो ।

बुधबार संयुक्त राज्य अमेरिकामा ४७औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि सुनकाे अन्तराष्ट्रिय मूल्यमा आएकाे उतार चढावसँगै नेपालमा पनि प्रभाव परेकाे हाे ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।