नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३५ रुपैयाँ ३० पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ७० पैसा रहेको छ। बिहीबार डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ १६ पैसा र १३४ रुपैयाँ ५६ पैसा थियो। अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य १४ पैसा बढेको हो।
त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ २१ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८६ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७३ रुपैयाँ २० पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९७ रुपैयाँ १८ पैसा पाइन्छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३७ रुपैयाँ ८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ५६ पैसा र बिक्रीमा ३० रुपैयाँ ६९ पैसा पाइन्छ।