नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस र मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको हाइस आज बिहान करिब ३ बजे सत्रकिलो भन्ने स्थान ठोक्किएका थिए।
दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतक सबै हाइस बसमा सवार यात्रुहरु हुन्। मृतकहरुमध्ये गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने अन्दाजी ४०÷४२ वर्षीय राज बहादुर गुरुङको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ९ बस्ने ४० वर्षीय बस चालक सूर्यविक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने काठमाडौं महानगरपालिका ३२ बस्ने ३० वर्षीय भोजविक्रम शाह सहचालक सामान्य घाइते भएका छन्।
घाइतेहरुमध्ये चार जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। अरु दुई जना सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेको बताइएको छ।