अमेरिकी फेडले ब्याजदर २५ आधार बिन्दुले घटायो

Nov 08, 2024 11:01 AM Merolagani



यूएस फेडरल रिजर्भले बिहीवार सुस्त मुद्रास्फीति र कमजोर श्रम बजारको बीचमा ब्याजदर २५ आधार बिन्दुले घटाएको छ । वर्षको शुरुदेखि श्रम बजारको अवस्था सामान्यतया सहज भएको छ । बेरोजगारी दर माथि सरेको छ तर न्युन रहेको छ ।

मुद्रास्फीतिले समितिको २ प्रतिशत उद्देश्यमा प्रगति गरेको छ तर केही माथि रहेको छ । आफ्नो लक्ष्यलाई समर्थन गर्दै समितिले संघीय कोष दरको लक्ष्य दायरालाई ०.२५ प्रतिशत अंकले घटाएर ४.५ प्रतिशतदेखि ४.७५ प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

 फेडको पछिल्लो निर्णय कमजोर रोजगारी रिपोर्ट पछि आएको हो । जसले देखाएको छ कि अमेरिकी रोजगारदाताहरूले अक्टोबरमा मात्र १२ हजार जागिरहरू थपेका छन् । पछिल्लो प्रतिवेदनले अगस्ट र सेप्टेम्बरको रोजगारीलाई क्रमशः ७८ हजार र २ लाख २ हजारको लाभमा परिमार्जन गरेको छ । यी संशोधनहरूसँगै दुई महिनामा रोजगारी पहिले रिपोर्ट गरिएको भन्दा १ लाख १२ हजार कम छ ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।