सुन र चाँदीको मूल्य घट्यो

Nov 10, 2024 10:47 AM Merolagani



आज साताको पहिलो दिन सुनको मूल्य घटेको छ । आज आईतबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

 यस दिन चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँ खरिदबिक्री भइरहेको छ । शुक्रबारको बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भएको थियो ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।