यी दुईबीचको सम्बन्धकाे निकटता फेरि चर्चा चुलिएकाे छ । मस्क हाल फ्लोरिडास्थित ट्रम्पको घरमा बसिरहेकाे खबर बाहिरिएसँगै उनीहरूकाे निकटता थप छरपष्ट भएकाे छ ।
यसअघि पनि मस्कले आफ्नो कुनै स्थायी घर नभएको र साथीभाइको घर वा अफिसमा रात बिताउने गरेको बताइसकेका छन् । संसारमा यस्ता धेरै धनी व्यक्तिहरू छन् जसले आफ्नो स्थायी बसोबासलाई बेवास्ता गरेका छन्।
करिब पाँच वर्षअघि घरजग्गा बिक्री
मस्कले सुरुवातदेखि नै घर खरिद नगरेका हाेइनन् । २०२० अघि, उनीसँग धेरै आलिशान घर र जग्गाहरू थिए। सोही वर्ष, उनले आफ्नो सबै अचल सम्पत्ति बेच्ने घोषणा गरेका थिए । मस्कले सवारी साधनदेखि घरसम्म बिक्री गरेका थिए।
मस्कले आफ्नो सबै सम्पत्ति बेचेर प्राप्त गरेकाे रकम मंगल ग्रहमा काेलाेनी स्थापना गर्न प्रयोग गर्ने बताएका थिए । तर, याे क्रम यहीं टुङ्गिएन । केही समय पछि, मस्कले कैयाैं अन्तर्वार्ताहरूमा एक शब्द "मिनिमलिज्म" प्रयोग गरिरहे । यसको अर्थ न्यूनतम सामाग्रीहरूका साथ बाँच्नु हो। तर एक मिनिमलिस्टको घर नै हुनुहुँदैन भन्ने हाेइन । मिनिमलिस्टसँग सम्पत्ति हुन सक्छ तर न्यूनतम हुनुपर्छ। भारी फर्निचर वा टिभी जस्ता सामाग्रीहरूको लागि भने उनीहरूका घरमा ठाउँ हुनेछैन।
त्यसपछि, जग्गा बेचिसकेपछि मस्क अफिस वा साथीको घरमा बस्न थाले । तर केही महिनापछि उनले आफ्नो बासस्थान परिवर्तन गरे । अहिले, आफ्नाे आवश्यकताका कारण मस्क ट्रम्पको घरमा बसिरहेका छन् ।
मिनिमलिज्सको अवधारणा धेरै पुरानो
२०औं शताब्दीमा युद्ध भइसकेपछि, मानिसहरूमा उल्टाे स्वभाव देखिन थाल्यो। यसअघि, आवश्यक खाद्यान्न र थाेरै चल तथा अचल सम्पत्ति जाेडिने गरिन्थ्याे। तर युद्धपछि भने मानिसको सोचाइमा परिवर्तन देखियाे । उनीहरूले खाद्यान्न होस् वा बहुमूल्य सामान जति सक्दो जम्मा गर्ने सोच्न थाले । यदि फेरि युद्ध सुरू भएमा यो सम्पत्तिले उनीहरूलाई सुरक्षित ठाउँमा भाग्न र फेरि बसोबास गर्न मद्दत गर्ने उनीहरूलाई लाग्यो।
त्यसपछि, सम्पत्ति जाेड्ने बानी यतिसम्म बढ्यो कि यसलाई रोक्न मिनिमलिज्मको आन्दोलन सुरु भयो । न्यूयोर्कको आर्ट ग्यालरीबाट सुरु भएको यो अभियान बिस्तारै मानिसको घरघरमा पुग्न थाल्यो । सबैभन्दा पहिले, मानिसहरूले आफ्नो घरको ढोका साधारण डिजाइनमा बनाउन थाले। त्यसपछि भने, यो सरलता जताततै देखिन थाल्यो।
मिनिमलिज्म भनेको के हो?
न्यूनतम जीवनशैलीसँग लामो समयसम्म बाँच्नुलाई मिनिमलिज्म भनिन्छ। कति सामाग्रीसँग लिएर बस्नेहरू मात्र मिनिमलिस्ट हुन् भन्ने अहिलेसम्म कुनै निश्चित सीमा ताेकिएकाे छैन । कतिपय मानिसहरूसँग बाँच्नको लागि पर्याप्त सामाग्रीहरू हुन्छ भने कैयाैं मानिसहरूले आफ्नो घर र जागिर छोडेर कोही केही जोडी लुगा लगाएर अस्थायी ठाउँहरूमा बस्छन्।
हो, तर यो गरिबी भन्दा भिन्न भने छ। मिनिमलिस्टहरूले आफ्नो सर्तमा र आफ्नै इच्छा अनुसार यस्तो जीवनशैली रोज्ने गरेका हुन्छन्।
कैयाैं मानिसहरूले यसमा नम्बर थपिरहेका छन् । जस्तै यदि तपाईंसँग कपडादेखि टूथब्रश र फोन-कार्डसम्म गरी कुल १०० चीजहरू छन् भने तपाईं पनि यो श्रेणीमा पर्न सक्नुहुन्छ। तर बिस्तारै यो पनि घटाउनुपर्छ।
यद्यपी, बस्नको लागि मात्र घर र सामानहरू रहेका कैयाैं अर्बपतिहरू छन् । उनीहरूले अचल सम्पत्तिलाई न्यूनतम राखेका छन् ।
विश्वका सबैभन्दा ठूलो लगानीकर्ताहरूमध्येका एक हुन् वारेन बफेट । पचासको दशकदेखि नेब्रास्काको एक साधारण घरमा बस्दै आएका छन्।
यसैगरी, अमेरिकी व्यापारी जोन पल जोन्सको कुनै स्थायी सम्पत्ति छैन। उनी सधैंजसाे यात्रा गरिरहन्छन्।
अमेरिकी व्यापारी जेफ बेजोसको बारेमा पनि यस्तै सुनिन्छ । उनलाई कट्टर मिनिमालिस्ट भएकाे मानिन्छ।
के हाे मिनिलिज्मको मनोविज्ञान?
त्यस्ता व्यक्तिहरू स्थायी रूपमा एकै ठाउँमा बस्दा आफ्नो ऊर्जा कम हुने विश्वास गर्छन्। यसका साथै, घर जग्गाको मर्मतका लागि धेरै कडा परिश्रम चाहिन्छ। स्थायी घर किन्नुको साटाे मस्क जस्ता मानिसहरूले त्यो पैसा आफ्नो परियोजनाहरूमा लगानी गरिरहेका हुन्छन्। अन्य उद्योगीहरुको अवस्था पनि उस्तै छ । मिनिमलिज्ममा बाँच्नेहरूको लागि यात्रा सजिलो छ। यसबाहेक, वरपर कम सामान राख्नाले पनि मस्तिष्कको कार्यमा राम्रो प्रभाव पार्छ, यो धेरै अध्ययनहरूमा प्रमाणित भएको छ।
एजेन्सी ।