आम्दानी बढेपछि नाफामा नेपाल रिपब्लिक मिडिया

Nov 15, 2024 07:06 AM Merolagani



नेपाल रिपब्लिक मिडिया लिमिटेड (NRM) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्ममा नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १ करोड २२ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ८.४६ प्रतिशत र कुल आम्दानी ६.८८ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी २१८.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १ हजार ८५०.०८ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ८८ रुपैयाँ ६९ पैसा रहेको छ। ९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५० करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।