आम्दानी बढेपछि नेपाल वेयरहाउजिङ्गको नोक्सानी घट्यो

Nov 16, 2025 03:50 AM Merolagani



नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेड (NWCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

 

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड २४ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड १४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।

कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य बढेसँगै खुद नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७५.१४ प्रतिशत र कुल आम्दानी १७५.४३ प्रतिशत बढेको छ। कम्पनीको प्रत्यक्ष सञ्चालन खर्च समीक्षा अवधिमा ३३१.८६ प्रतिशत बढेको छ भने वित्तीय खर्च ४२.१० प्रतिशत घटेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ।

६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।