गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड २४ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड १४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।
कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य बढेसँगै खुद नोक्सानी घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १७५.१४ प्रतिशत र कुल आम्दानी १७५.४३ प्रतिशत बढेको छ। कम्पनीको प्रत्यक्ष सञ्चालन खर्च समीक्षा अवधिमा ३३१.८६ प्रतिशत बढेको छ भने वित्तीय खर्च ४२.१० प्रतिशत घटेको छ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ।
६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
