यी हुन् विश्वकै खराब पासवर्ड, तपाईँको अकाउण्ट पनि हुन सक्छ ह्याक!

Nov 18, 2024 07:07 AM Merolagani



हालसालै नर्डपास(NordPass)ले आफ्नो वार्षिक अनुसन्धान 'टप २०० मोस्ट कमन पासवर्ड'को सूची जारी गरेको छ। यसमा ४४ देशमा सबैभन्दा बढी प्रयोग हुने पासवर्डको सूची दिइएकाे छ ।

रिपोर्टका अनुसार विश्वमै सबैभन्दा बढी प्रयोग हुने पासवर्ड '१२३४५६'(123456) हुन्। यसैगरी, ‘१२३४५६७८९’(123456789) दोस्रो सबैभन्दा धेरै प्रयोग हुने पासवर्ड हो।

विश्वभर यी पासवर्डहरू प्रयोग गर्ने ३० लाख १८ हजार ५० प्रयोगकर्ताहरू छन् । यीमध्ये करिब ७६ हजार ९८१ जना भारतीयहरू छन्। यद्धपी याे सूचीमा नेपाललाई भने राखिएकाे छैन ।

सजिलो पासवर्डहरू छिट्टै ह्याक हुने

नर्डस्टेलर(NordStellar) र नर्डपास(NordPass)सँगकाे साझेदारीमा गरिएको अनुसन्धान अनुसार संसारमा सबैभन्दा सामान्य पासवर्डहरू किबोर्डको शुरुवातका अक्षरहरू हुने गर्छन्।

जसमध्ये सबैभन्दा सामान्य अक्षरहरू ‘qwerty’, ‘1q2w3e4r5t’ र '123456789' हुन्। यस्तै, ढाँचा भारतमा पनि सबैभन्दा बढी देखिएको छ ।

तर त्यस्ता पासवर्डहरू सजिलै ह्याक पनि हुने गर्छन् । यसरी कसैकाे पनि कम्प्यूटर ह्याक हुन एक सेकेन्डभन्दा कम समय लिने गर्छ।

 

एक अध्ययनका अनुसार इन्टरनेट प्रयोगकर्ताका व्यक्तिगत खाताका लागि औसत १६८ पासवर्ड र कामसँग सम्बन्धित खाताका लागि ८७ पासवर्ड हुन्छन्।

यसैगरि, मानिसहरूलाई धेरै पासवर्डहरू ह्यान्डल गर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा अधिकांश मानिसहरूले सजिलो पासवर्ड वा वाक्यांशहरू प्रयोग गर्छन्।

तसर्थ, नेदरल्याण्ड, फिनल्याण्ड, क्यानडा र लिथुआनिया जस्ता राष्ट्रहरूमा पनि सामान्य पासवर्डहरू संसारमा सबैभन्दा सामान्य पासवर्डहरू हुन्।

यसमा अर्को विकल्प शब्द ‘पासवर्ड’(password) पनि छ। यो शब्द केही वर्षदेखि सबैभन्दा धेरै प्रयोग हुने पासवर्डको सूचीमा समावेश गरिएको छ। यो सूचीमा अष्ट्रेलिया र बेलायतको नाम पनि समावेश छ ।

एजेन्सी ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।