सबै उम्मेदवार अनुतिर्ण भएपछि फेरि राष्ट्रिय जीवन बीमा कम्पनीद्धारा सीईओका लागि दरखास्त आह्वान

Nov 21, 2024 12:06 PM Merolagani



राष्ट्रिय जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । उक्त पदको लागि योग्य उम्मेदवारले आजको २१ दिनभित्र काठमाडौंको रामशाहपथस्थित कम्पनीको कार्यालयमा दरखास्त दिन सक्नेछन्।

कम्पनीले यसभन्दा अघि दरखास्त आह्वान गरेका सबै उम्मेदवार अनुतिर्ण भएपछि दोस्रो उक्त पदको लागि दरखास्त आह्वान गरेको हो ।

छनोट तथा सिफारिस कार्यविधि अनुरुप हुने भएको हो । प्रमुख कार्यकारी अधिकृत पदको लागि उम्मेदवारले शैक्षिक योग्यता, सम्पर्क ठेगाना खुलेको विस्तृत वैयक्तिक विवरणका साथै आवश्यक कागजात रित पुर्याएर पेश गर्नु पर्ने छ ।

 कार्यविधि अनुसार उम्मेदवारको बीमा, व्यवस्थापन लगायत विभिन्न विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा नै कम्तीमा ५ वर्ष वा आर्थिक क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ । उक्त पदको लागि शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा आधारमा हुने प्रावधान रहेको छ ।







राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।