सबै उम्मेदवार अनुतिर्ण भएपछि फेरि राष्ट्रिय जीवन बीमा कम्पनीद्धारा सीईओका लागि दरखास्त आह्वान

Nov 21, 2024 12:06 PM Merolagani



राष्ट्रिय जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । उक्त पदको लागि योग्य उम्मेदवारले आजको २१ दिनभित्र काठमाडौंको रामशाहपथस्थित कम्पनीको कार्यालयमा दरखास्त दिन सक्नेछन्।

कम्पनीले यसभन्दा अघि दरखास्त आह्वान गरेका सबै उम्मेदवार अनुतिर्ण भएपछि दोस्रो उक्त पदको लागि दरखास्त आह्वान गरेको हो ।

छनोट तथा सिफारिस कार्यविधि अनुरुप हुने भएको हो । प्रमुख कार्यकारी अधिकृत पदको लागि उम्मेदवारले शैक्षिक योग्यता, सम्पर्क ठेगाना खुलेको विस्तृत वैयक्तिक विवरणका साथै आवश्यक कागजात रित पुर्याएर पेश गर्नु पर्ने छ ।

 कार्यविधि अनुसार उम्मेदवारको बीमा, व्यवस्थापन लगायत विभिन्न विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा नै कम्तीमा ५ वर्ष वा आर्थिक क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ । उक्त पदको लागि शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा आधारमा हुने प्रावधान रहेको छ ।







कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।