युनाइटेड इदी मार्दीले घोषणा गर्यो बोनस, हकप्रद शेयर पनि जारी गर्ने

Nov 22, 2024 10:10 AM Merolagani



युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसका साथै सो बैठकले बोनस शेयर जारीपश्चात कायम चुक्ता पूँज्ीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण तथा हकप्रद जारी गरिनेछ।