चन्द्रागिरी हिल्सले लाभांश वितरण नगर्ने, बोलायो साधारण सभा

Nov 26, 2024 10:19 AM Merolagani



चन्द्रागिरी हिल्स लमिटेड (CGH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने भएको छ।

मंसिर १० गते बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले साे निर्णय गरेकाे हाे।

कम्पनीले लाभांश प्रस्ताव बिना नै पुस ३ गते, बुधबार, आफ्नो कार्यालय परिसरमा १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सञ्चालक समिति सदस्यको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा दफा तथा नियम संशोधन गर्न अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।