एनआरएन इन्फ्रास्ट्रक्चरले बाेनस वितरणपश्चात हकप्रद निष्काशन गर्ने, बोलायो साधारण सभा

Nov 27, 2024 10:51 AM Merolagani



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घाेषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी १२ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

त्यसैगरी, कम्पनीले बाेनस वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद शेयर निष्काशनको लागि सभामा प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीले आगामी १२ औं वार्षिक साधारण सभा पुस १२ गते, शुक्रबार बिहान ९ बजे बोलाएको छ । सभा आम्रपाली व्यान्क्वेट, थिरबम काठमाडौंमा बोलाएको हो ।

लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनको लागि मंसिर २१ गते शुक्रबार शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । लाभांश प्रँप्तगर्न इन्छुकहरु मंसिर २० गते भित्र शेयरधनी बनिसक्नु पर्ने छ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।