सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nov 28, 2024 10:54 AM Merolagani



सुन र चाँदीको मूल्य घटेको छ । बिहीबार सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँ घटेको हो ।

 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदीको प्रतितोला प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।