निजी क्षेत्रको हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर चीन लागेका प्रधानमन्त्रीको टोलीमा काठमाण्डौबाट ३९ जना र चीनमा रहेको दूतावासबाट लगभग त्यति नै संख्यामा सहभागि हुने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीसंगै केही उद्योगी व्यवसायीहरु पनि चीन जांदैछन् ।
ती व्यवसायीहरुमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्की, नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष करण चौधरी, नेपाल आयात उद्योग संघका अध्यक्ष शंकरप्रसाद पाण्डेय र नेपाल कुटिर एवं साना उद्योग संघका अध्यक्ष उमेशप्रसाद सिंह छन् ।
प्रधानमन्त्रीको भ्रमण प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, चिफ अफ प्रोटोकल विष्णुप्रसाद गौतम र प्रधानमन्त्री ओलीका पाश्र्ववर्ती लेफ्टिनेन्ट कर्णेल दिवाकर खड्का, अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, परराष्ट्र मन्त्रालयका कामु सचिव अमृतबहादुर राई, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पदमसुन्दर जोशी छन् ।
त्यस्तै भ्रमण दलमा ९ जना सांसदहरू पनि समावेश गरिएका छन् । तिनमा अर्जुननरसिंह केसी, श्यामकुमार घिमिरे, लीलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला र रञ्जिता श्रेष्ठ छन् ।
प्रतिनिधिमण्डलमा सामेल भएर जानेबाहेक बेइजिङस्थित नेपाली राजदूतावासबाट नेपाली राजदूत कृष्णप्रसाद ओली लगायतका अधिकारीहरू पनि भ्रमणदलमा सामेल हुनेछन् ।
प्रधानमन्त्री चीन प्रस्थान गर्नुअघि नै परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत शिष्टाचार र सुरक्षा अधिकृतहरु बेइजिङ पुगिसक्ने बताइएको छ ।