सिटि होटलले हकप्रद शेयर निष्काशन गर्ने

Dec 01, 2024 10:21 AM Merolagani



सिटि होटल लिमिटेड (CITY) ले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यस अनुसार होटलले हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। मंसिर १४ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

बैठकले ऋण चुक्ता गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।

 



नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।