नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३५ रुपैयाँ ८२ पैसा रहेको छ भने खरिददर १३५ रुपैयाँ २२ पैसा रहेको छ। मंसिर ७ गते डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ ५० पैसा र १३४ रुपैयाँ ९० पैसा थियो।
त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ३४ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६९ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८० पैसा पाइन्छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३७ रुपैयाँ ८ पैसा र बिक्रीमा ३७ रुपैयाँ २४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ३२ पैसा र बिक्रीमा ३० रुपैयाँ ४५ पैसा पाइन्छ।