डलरको मूल्य पुनः नयाँ उचाइमा, अन्य मुद्राको विनिमयदर कति?

Dec 13, 2024 06:33 AM Merolagani



मंसिर २८ गते, शुक्रबार, नेपाली बजारमा डलरको मूल्य पुनः नयाँ उचाइमा पुगेको छ। यस दिन डलरको मूल्यले मंसिर २६ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३६ रुपैयाँ ८ पैसा रहेको छ भने खरिददर १३५ रुपैयाँ ४८ पैसा रहेको छ। मंसिर २६ गते, डलरको यस्तो दर क्रमशः १३६ रुपैयाँ ७ पैसा र १३५ रुपैयाँ ४७ पैसा थियो। सो दिनको तुलनामा यस दिन एक पैसाले बढेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३७ रुपैयाँ १६ पैसा र बिक्रीमा ३७ रुपैयाँ ३३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३६ रुपैयाँ ६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३७ रुपैयाँ ५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ५९ पैसा र बिक्रीमा ३० रुपैयाँ ७३ पैसा पाइन्छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।