डलरको मूल्य पुनः नयाँ उचाइमा, अन्य मुद्राको विनिमयदर कति?

Dec 13, 2024 06:33 AM Merolagani



मंसिर २८ गते, शुक्रबार, नेपाली बजारमा डलरको मूल्य पुनः नयाँ उचाइमा पुगेको छ। यस दिन डलरको मूल्यले मंसिर २६ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३६ रुपैयाँ ८ पैसा रहेको छ भने खरिददर १३५ रुपैयाँ ४८ पैसा रहेको छ। मंसिर २६ गते, डलरको यस्तो दर क्रमशः १३६ रुपैयाँ ७ पैसा र १३५ रुपैयाँ ४७ पैसा थियो। सो दिनको तुलनामा यस दिन एक पैसाले बढेर डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ६८ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३७ रुपैयाँ १६ पैसा र बिक्रीमा ३७ रुपैयाँ ३३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३६ रुपैयाँ ६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३७ रुपैयाँ ५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ५९ पैसा र बिक्रीमा ३० रुपैयाँ ७३ पैसा पाइन्छ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।