आज विदेशी मुद्राको विनिमयदर कति?

Dec 08, 2024 06:52 AM Merolagani



मंसिर २३ गते, आइतबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १३५ रुपैयाँ २१ पैसा तोकेको छ। त्यस्तै, यस दिनका लागि सो मुद्राको बिक्रीदर भने १३५ रुपैयाँ ८१ पैसा तोकेको छ।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ ७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ७१ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३३ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३० पैसा र बिक्रीमा ९६ रुपैयाँ ७३ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३७ रुपैयाँ ९ पैसा र बिक्रीमा ३७ रुपैयाँ २५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ५९ पैसा र बिक्रीमा ३० रुपैयाँ ७३ पैसा पाइन्छ।




comments powered by Disqus