मिथिला लघुवित्तको लाभांश संशोधन

Dec 11, 2024 10:34 AM Merolagani



मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

यस अघि १४.२८६ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको लघुवित्तले अब १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तको पत्र पठाउँदा भुल भएको भन्दै लाभांश संशोधन गरेको हो।

मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।