माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने

Dec 11, 2024 10:38 AM Merolagani



माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।