गरिमा विकास बैंकको नगद लाभांश घोषणा

Dec 20, 2024 01:00 PM Merolagani



गरिमा विकास बैंक लिमिटेड (GBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।