कस्ताे छ दीपेन्द्रले जितेको ओमोडा ई-५ कार?

Dec 22, 2024 02:34 PM Merolagani



जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयाल्सलाई पराजित गर्दै नेपाल प्रिमियर लिगको विजेता बनिसकेको छ। शनिबार टीयू विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोएल्सका कप्तान पावरफुल हिटर दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट नेपाली खेलाडीकाे उपाधि पनि पाए । 

पुरस्कार स्वरूप  ऐरीले ओमोडा ई-५ एसयूभी जितेका छन् । उनलाई एसपीजी अटोमोवाइलका निर्देशक सन्दीप सारडाले कारको साँचो हस्तान्तरण गरेका थिए ।

ओमाडा ई-५ मा ९९ किलोवाट पावर क्षमताको मोटर दिइएको छ । जसले ३४० एनएम टर्क उत्पादन गर्न सक्छ। आक्रामक लुक्स सहित आएको यो गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम हुनेछ। ६१ किलोवाट आवर ब्याट्री प्याक उपलब्ध दिएको यो गाडीले एक पटकको फुल चार्ज गर्दा ४३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

ओमोडा ई-५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, सोनिको प्रिमियम ८ वटा स्पिकरसहितको क्रोम डोर ह्याण्डल, इलेक्ट्रिक सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर छन्।

ऐरीले पाएकाे याे कारमा सुरक्षाको लागि ६ वटा एयरव्याग रहेको कारमा एडास फिचर भित्र पर्ने १७ सुरक्षा फिचर दिइएकाे छ । ५४० डिग्री क्यामरा, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट लगायत १७ बढी एडास सेफ्टी फिचर छन्। यसको लम्बाई ४.४ मिटर छ भने यसमा २६३० एमएमको ह्वीलवेस दिइएकाे छ ।

नेपालको लागि ओमोडाको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले ओमोडा ई-५ इलेक्ट्रिक कार ५५ लाख ९९ हजार रूपैयाँमा बिक्री गरिरहेकाे छ ।  यसअघि, ओमोडाको मूल्य टप भेरियन्टको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ तोकिएको थियो । यसरी अहिले, सो बिक्रीमूल्य भन्दा ६ लाख रुपैयाँले ओमोडा ई-५ इलेक्ट्रिक कार सस्तो भएको हो । यसैगरी, ड्यूल टोन कलर भेरियन्टको मूल्य ६२ लाख ४९ हजार रुपैयाँ पर्ने थियो ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।