सातामा साढे १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Jan 04, 2025 06:27 AM Merolagani



यस साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६३०.७१ विन्दुमा बन्द भएको नेप्से, यस साता १.६९ प्रतिशत अर्थात ४४.४८ अंक घटेर २५८६.२३ विन्दुमा पुगेको छ।

यस साता ४ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेको थियो। यस साताको अन्तिम दुई कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ७.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३२ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ८४ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ०.६७ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १५.४८ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ४.०३ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण १.६९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७३ अर्ब रुपैयाँ घटेर ४२ खर्ब ८९ अर्बमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्इे म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.०५ प्रतिशत घटेको छ भने वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.५३ प्रतिशत घटेको छ। गत साता ३०७३.२५ विन्दुमा बन्द भएको वित्त उपसमूहको परिसूचक, यस साता १७० अंक घटेर २९०३.२५ विन्दुमा पुगेको छ।

अंकका आधारमा यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २५१.८७ अंक घटेको छ। गत साता ४७१८.८५ विन्दुमा बन्द भएको यस उपसमूह्को परिसूचक, यस साता ४४६६.९८ विन्दुमा झरेको छ।

यस साता दुई कम्पनीको कुल ८२ लाख ५४ हजार ३८९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता हाथवे इन्भेष्टेमन्ट र सिटिजन्स बैंक इन्टरनेशनलको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २६.४२ प्रतिशत बढेको छ। त्यस्तै, यस साता सुपर मादी हाइड्रोपावरको शेयरमूल्य करिब साढे १७ प्रतिशत बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य १७ प्रतिशत बढेको छ। कारोबारमा आएको सपोर्ट लघुवित्तको शेयरमूल्य यस साता सर्वाधिक ३०.७६ प्रतिशत घटेको छ। त्यसैगरी, यस साता जानकी फाइनान्सको शेयरमूल्य १९ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता प्रभु बैंक, कालिका पावर, स्वरोजगार लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने बोटलर्स नेपाल (तराई), सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, माउन्टेन हाइड्रो नेपाल लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।