ईङवा हाईड्रोपावरले ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजना गर्ने

Jan 08, 2025 04:19 PM Merolagani



ईङवा हाइड्रोपावर लिमिटेडको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष श्रीमति सुमित्रादेवि न्यौपाने को अध्यक्षतामा भएको सभाले कम्पनीको सवै प्रस्तावमाथि छलफल गरि पारित गरेकाे छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को वासालत तथा नाफा नोक्सान सम्वन्धि हिसावका सम्वन्धमा छलफल गरि पारित गरेको छ । त्यसैगरी सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले संचालन गरिरहेको ९.७ मे.वा. क्षमताको माथिल्लो ईङवाखोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य परियोजना हो । २०८० साल आषाढ महिनामा आएको बाढी तथा पहिरोको कारण अवरुद्ध यस आयोजना मर्मत संभार गरि २०८० साल चैत्र २८ गतेवाट पाँचथर जिल्लाको  हिलियाङ गाँउपालिकामा अवस्थित नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनमा जोडी व्यवसायिक विद्युत उत्पादन गरिरहेको छ ।

 

ईङवा हाईड्रोपावर लिमिटेडले व्यवसाय विस्तार गर्ने योजना अनुरुप कम्पनीको संचालनमा रहेको माथिल्लो ईङवाखोला साना जलविद्युत आयोजनाको विद्युतगृहबाट करिव ५०० मिटर डाउनस्ट्रीम तर्फ सा्ेही खोलाको पानी उपयोग गरी ८ मेगावाट क्षमताको तल्लो ईङवा खोला जलविद्युत आयोजनामा बहुमत शेयर लगानी गरी निर्माण गर्ने योजना कम्पनीको रहेको छ । कम्पनीले विकास गरिरहेको यस आयोजनाको नेपाल सरकार विद्युत विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी सम्भाव्यता अध्ययन सम्पन्न गरी हाल नेपाल विद्युत प्राधिकरण समक्ष विद्युत खरिद विक्री सम्झौताका लागि निवेदन दिएको छ । 

 




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।