आकाश भैरव सेक्युरिटिजकाे दाेश्राे साधारण सभा सम्पन्न

Jan 08, 2025 05:56 PM Merolagani



आकाश भैरव सेक्युरिटिज (ब्राेकर नम्वर ८१) ले  दाेश्राे साधारण सभा गरेकाे छ । सेक्युरिटिजकाे प्रधान कार्यालय जावलाखेल,भनिमण्डलमा सम्पन्न साधारण सभाले सञ्चालक समितिकाे प्रतिवेदन २०८०/८१ पारित गरेकाे छ ।

यसैगरी सभाले लेखा परीक्षककाे प्रतिवेदन सहितकाे २०८१ आषाढ मसान्तकाे वित्तीय अवस्थाकाे विवरण,नाफा नाेक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय बिवरणहरू स्वीकृत गरेकाे छ ।

सभाले २०८१।८२ काे लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण पनि गरेकाे छ ।  

यसैगरी साधारण सभाले सञ्चालक समिति सदस्यमा भएकाे परिवर्तन पनि अनुमाेदन गरेकाे छ ।सेक्युरिटिजका प्रवन्ध निर्देशक महेश खनालले साे अवसरमा कम्पनीकाे बिजनेश प्रडक्ट र ग्राेथका बिषयमा छलफल भएकाे जानकारी दिए ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।