उर्जामन्त्रीसँग वारपार गर्ने मुडमा रहेका कुलमानले काटिदिए कांग्रेस संसदीय दलको विद्युतको लाइन

Jan 09, 2025 05:16 PM mero lagani



नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल समयमा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको विद्युतको लाइन काटिदिएको छ । 

प्राधिकरणले लाइन काट्नु अघि कुनै पनि सूचना नदिइ एक्कासी काटेको बताइएको छ । संसदीय दलले ६३ हजार ४ सय रुपैयाँ तिर्न बाँकी रहेको र त्यसमा २५ प्रतिशत जरिवाना थपिँदा त्यो रकम केही बढ्ने बताइएको छ । प्राधिकरणले संसदीय दलमा जोडेको विद्युत मिटर भने संसद सचिवालयको नाममा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने उद्देश्यले उर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको केही दिनमै प्राधिकरणले कांग्रेस संसदीय दलको लाइन काटिदिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

कांग्रेस केन्द्रिय सदस्य रहेका उर्जा मन्त्री दिपक खड्का र कार्यकारी निर्देशक कुलमानबीचको विवाद पछिल्लो समय झन चर्किएको छ । खड्का घिसिङलाई जसरी पनि हटाउने प्रयासमा छन् भने घिसिङ भने परोक्ष अपरोक्ष रुपमा उनलाई चुनौति दिंदै आएका छन् ।

मन्त्रालयले घिसिङलाई स्पष्टिकरण सोधे लगत्तै कांग्रेस संसदीय दलको विजुली काट्नुलाई पनि त्यसकै निरन्तरता मानिएको छ । र, यो घटनाले दुई विचको विवाद झन चर्किने निश्चित देखिएको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।