उर्जामन्त्रीसँग वारपार गर्ने मुडमा रहेका कुलमानले काटिदिए कांग्रेस संसदीय दलको विद्युतको लाइन

Jan 09, 2025 05:16 PM mero lagani



नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल समयमा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको विद्युतको लाइन काटिदिएको छ । 

प्राधिकरणले लाइन काट्नु अघि कुनै पनि सूचना नदिइ एक्कासी काटेको बताइएको छ । संसदीय दलले ६३ हजार ४ सय रुपैयाँ तिर्न बाँकी रहेको र त्यसमा २५ प्रतिशत जरिवाना थपिँदा त्यो रकम केही बढ्ने बताइएको छ । प्राधिकरणले संसदीय दलमा जोडेको विद्युत मिटर भने संसद सचिवालयको नाममा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने उद्देश्यले उर्जा मन्त्रालयले स्पष्टिकरण सोधेको केही दिनमै प्राधिकरणले कांग्रेस संसदीय दलको लाइन काटिदिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

कांग्रेस केन्द्रिय सदस्य रहेका उर्जा मन्त्री दिपक खड्का र कार्यकारी निर्देशक कुलमानबीचको विवाद पछिल्लो समय झन चर्किएको छ । खड्का घिसिङलाई जसरी पनि हटाउने प्रयासमा छन् भने घिसिङ भने परोक्ष अपरोक्ष रुपमा उनलाई चुनौति दिंदै आएका छन् ।

मन्त्रालयले घिसिङलाई स्पष्टिकरण सोधे लगत्तै कांग्रेस संसदीय दलको विजुली काट्नुलाई पनि त्यसकै निरन्तरता मानिएको छ । र, यो घटनाले दुई विचको विवाद झन चर्किने निश्चित देखिएको छ ।




कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

Feb 25, 2026 06:38 AM

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।