‘अजिआउ’ ले शरीरलाई स्वस्थ र जवान राख्ने विश्वास गरिन्छ । त्यहीकारण चीनभरी नै उक्त औषधिको माग उच्च छ ।
सिड्नी विश्वविद्यालयका चीन अफ्रिका सम्बन्धका प्राध्यापक लरेन जनस्टनको भनाइलाई मान्ने हो भने पछिल्लो समय गधाको छालाको मूल्य सुनको भन्दा पनि तिब्रतररुपमा बढिरहेको छ । ‘मूल्य यसरी बढिरहेको छ कि तपाई हिसाब नै गर्न सक्नुहुन्न, आज एउटा रहेको मूल्य भोली दोब्बर तेब्बर बढिरहेको हुन्छ । सुनको मूल्य बरु यो विन्दुमा पुगेपछि रोकिएला भनेर अनुमान गर्न सकिन्छ, गधाको मूल्यको त त्यस्तो हिसाब पनि गर्न सकिदैन’ उनले विविसीसँग भने ।

चीनको परम्परागत औषधि ‘अजिआउ’ को बजार सन् २०१३ मा तीन अर्ब २० करोड त्यो बढेर सन् अहिले झण्डै ८ अर्व डलर पुगेको छ । अजिजाउको बजार विस्तारसंगै त्यसको एउटा मुख्य कच्चा पदार्थ गधाको छालाको मूल्य पनि आकासिएको छ । तर, जति मूल्य बढे पनि विश्वमा गधाको संख्या सिमित हुँदैछ । त्यसैले गधाको प्रजनन र उत्पादनमा ध्यान नदिने हो भने केही वर्ष भित्र गधा लोप हुन सक्छ । त्यसको अर्थ उक्त चिनिया औषधि ‘अजिआउ’ पनि लोप हुनसक्छ । विश्वमा अहिले केही करोड गधा अनुमान गरिन्छ, जबकी ‘अजिआउ’ को कच्चा पदार्थ जिलाटिनको लागि वार्षिक ५९ लाख गधा मारिने गरेको अनुमान गरिन्छ । यस्तो अवस्थामा गधाको अस्तित्व कति समय बाँकी रहला र ?
चिनियाँ बजारमा गधाको मुख्य आपूर्ति अफ्रिकाबाट हुने गरेको छ । किनकी विश्वमा गधा पालिने मुख्य क्षेत्र अफ्रिका हो । तर, त्यहाँ पनि गधाको उत्पादनको तुलनामा मासिने क्रम बढ्दो छ ।
केही देशले गधाको छाला निकासी गर्न दिन्छन् भने केही देशले प्रतिवन्ध लगाएका छन् । त्यहीकारण अफ्रिकी महादेशभरि गधा चोरीका घटना बढेका छन् । गधाको विषय यति गम्भीर हुँदै गएको छ कि आगामी फेब्रुअरी १७ र १८ मा हुने अफ्रिकी सङ्घको सम्मेलनको मुख्य एजेण्डा नै गधा उत्पादन र संरक्षणसंग सम्वन्धित रहेको छ । चीनको छिमेकी पाकिस्तानले भने चिनियाँ बजारलाई लक्षित रुपमा वृहतरुपमा उत्कृष्ट नस्लकाू गधा उत्पादन गर्न गधा प्रजनन फार्म हरु संचालन गरिरहेको छ । त्यस्ले गधाको बजार र समग्र अवस्थालाई कति प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ ।