कुमारी बैंक र एनसीएचएलबीच अलिपे+ मार्फत नेपाल पे क्यूआरको अन्तरदेशीय भुक्तानी सहकार्य

Jan 10, 2025 04:47 PM Merolagani



कुमारी बैंक लिमिटेड(KBL)ले नयाँ डिजिटल सेवाको थालनी गरेको छ। यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL)सँगको साझेदारीमा अलिपे+ नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपाल पे क्यूआर मार्फत् भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।

यो सेवा मार्फत अलिपे+ प्रयोगकर्ताले कुमारी बैंकको नेपालपे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन । अलिपे + नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बिश्वास बैंकले लिएको छ । यस सम्झौतासँगै, नेपालमा उपलब्ध नेपालपे क्यूआर र यसको इन्टराेपेरेबल क्यूआरलाई अलिपे+ नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।

यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने, नेपालपे क्यूआर मार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै अलिपे, अलिपेएचके, टिनाबा, एमपे, टच एन गाे वालेट, माइपीबी, हाइपे, जीक्याश, चाङ्गी पे, ओसीबीसी डिजिटल, ककाओपे, नेभरपे, टस पे र ट्रुमनीबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

यसका साथै, बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङ्गको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको बताएकाे छ । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता समेत जनाएको छ ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।