प्रि ओपन सेसन अपडेटः साढे १६ अंक बढ्यो नेप्से

Jan 12, 2025 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १८.१४ अंक बढेर २६३५.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.५८ अंक बढेर २६५१.६७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.१० अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ७१ स्टकको १३१ पटकको कारोबारमा १ करोड ७४ लाख ८५ हजार ३८४ रुपैयाँ २० पैसाबराबरको २७ हजार ५८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३९ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।