केई नेपालले ५ वर्ष सम्म शुन्य प्रतिशत ब्याजदरमा गाडी उपलब्ध हुने स्किम ल्याएकाे हाे । नेपाली बजारमा केई एक्स ३ प्रो केही समय अघि ल्याइएकाे हाे।
यस कारमा १२० किलोवाटको मोटर र ५३.६ किलोवाट आवरको ब्याट्री उपलब्ध रहेकाे छ । याे कार एक पटक चार्ज गर्दा ३७० किलोमिटरसम्म चल्ने कम्पनीकाे दाबी रहेकाे छ ।
यसको ब्याट्रीमा पनि कटिङ एज टेक्नोलोजीको प्रयोग गरिएको छ । यस कारमा सुरक्षाको हिसावले राम्रो रहेको ब्याट्री उपलब्ध छ । यसमा सबै किसिमका मोटर लगायत इलेक्ट्रिकल कम्पोनेन्टमा ८ वर्षको वारेन्टी दिइएको छ ।
स्लिक डिजाइन र मोर्डन फिचर भएकाे याे कारमा १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम र ७ इन्चको एलसीडी इन्फर्मेसन क्लष्टर दिइएकाे छ ।
केई एक्स३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइटहरु एलइडी रहेकाे कम्पनीकाे भनाइ छ । यस्तै, याे कारमा इन्टेलिजेन्ट स्काई रुफ,वायरलेस चार्जर, ड्युअल जोन एसी, पावर एड्जस्टेवल ड्राइभर सिट र एयरब्याग पाउन सकिनेछ । यसैगरी, ३६० डिग्री क्यामरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर लगायतका सुविधा यस कारमा उपलब्ध रहेकाे छ । यसमा हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल,ईबीडी सहितको एबीएस ट्रयाक्सन कन्ट्रोल काे सुविधा पनि दिइएकाे छ ।
यसैगरी, २६० एनएम टर्कले सिटी वा ओपन रोड जुनसुकै अवस्थामा यात्रालाई सहज बनाउने कम्पनीले जानकारी दिएकाे छ ।