डोनाल्ड ट्रम्पसँग किन ईभी उद्योग छ असन्तुष्ट?

Jan 17, 2025 11:15 AM Merolagani



संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा शपथ लिँदैछन्। यद्यपि, उनको नीतिहरूले अमेरिकाको विद्युतीय सवारी साधन उद्योगमा निराशाको लहर सिर्जना गरेको छ।

खासगरी, राष्ट्रपति बन्नु अघि ट्रम्पले गरेको एउटा घोषणाको कारणले यस्ताे भएकाे हो।

डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि विद्युतीय सवारी साधनमा लाग्ने कर क्रेडिट हटाउने बताएका थिए। साेहि कारणले यस वर्षदेखि अमेरिकामा विद्युतीय गाडी किन्न महँगो पर्ने अनुमान गरिएकाे छ।

मूल्य वृद्धिको त्रासका बीच अमेरिकाले वर्षको अन्त्यमा ईभीको बिक्रीमा ठूलो वृद्धि देखिएको थियो।

यसैबीच, जनरल मोटर्सले ४४,००० युनिट ईभी बिक्री गरेकाे छ । यसरी, याे कम्पनीले बिक्रीमा दोब्बर वृद्धि रेकर्ड गरेको हाे।

सोही समयमा, फोर्डको बिक्री पनि १६ प्रतिशतले बढेकाे छ । यस कम्पनीले ३०,००० युनिट बिक्री गरेकाे थियो।

यसैगरी,विश्व बजारमा टेस्लाले ४.९५ लाखभन्दा बढी विद्युतीय सवारी साधनको बिक्री दर्ता गरिसकेको छ।

हाल, अमेरिकामा, इभी खरिद गर्दा ७ हजार ५०० डलरको कर क्रेडिट उपलब्ध छ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।