मारुतीद्वारा आफ्नो पहिलो इलेक्ट्रिक कार "ई भिटारा" सार्वजनिक

Jan 18, 2025 10:39 AM Merolagani



मारुती सुजुकीले आफ्नो पहिलो विद्युतीय कार "मारुती ई भिटारा" सार्वजनिक गरेकाे छ। लामो समयदेखि प्रतिक्षारत यो इलेक्ट्रिक एसयूभी, गत वर्षकाे अटो एक्सपोमा कम्पनीले मारुति ईभीएक्स नामले अवधारणाको रूपमा भारतमा प्रस्तुत गरेको थियो।

नयाँ ई भिटारा सुजुकीको लागि विश्वव्यापी मोडेल हो। याे कार सुजुकीको गुजरात प्लान्टमा उत्पादन हुनेछ। यसको उत्पादनको ५० प्रतिशत जापान र युरोपेली बजारमा निर्यात गर्ने योजना छ। कम्पनीका अनुसार मारुती भिटारा इलेक्ट्रिकले एक पटक चार्ज गर्दा ५०० किलोमिटरभन्दा बढीको ड्राइभिङ रेन्ज दिने दाबी गरेको छ। यसबाहेक, यस कारमा मानकको रूपमा ७ वटा एयरब्यागहरू प्रदान गरिएको छ। हाल कम्पनीले यो एसयूभी मात्र प्रदर्शन गरेको छ।

नयाँ ई भिटारा कस्तो छ?

नयाँ सुजुकी ई-भिटारा र कन्सेप्ट मोडल धेरै मिल्दोजुल्दो छ। यसको लुक, डिजाइन र आकार मारुति ईभीएक्स जस्तै छ। यस कारमा केही तीखा कोणहरू घटाइएकाे छ । यसको ठूलो भाग eVX अवधारणासँग मिल्दोजुल्दो छ। यसको अगाडि र पछाडि ट्राई-स्ल्याश एलईडी डेटाइम रनिङ लाइटहरू, अगाडिको किनारहरूमा चार्जिङ पोर्टहरू र पछाडिको ह्वील आर्चहरूमा कर्भहरू दिइएका छन्। यसमा, रियर डाेर ह्यान्डललाई सी-पिलरमा सारिएको छ, जुन ठ्याक्कै पुरानो स्विफ्ट जस्तै छ।

१८ इन्चको अलोय ह्वीलले सुसज्जित यो इलेक्ट्रिक एसयूभीको लम्बाइ ४,२७५ मिमी, चौडाइ १,८०० मिमी र उचाइ १,६३५ मिमी छ। यसमा २,७०० मिमीको ह्वीलबेस छ जुन क्रेटा भन्दा लामो छ। यो ठूलो ह्वीलबेसले कार भित्र राम्रो ब्याट्री प्याक स्थापना गर्न मद्दत गर्ने कम्पनीकाे दाबी छ। यसको ग्राउन्ड क्लियरेन्स १८० मिमी छ जुन धेरैजसो भारतीय सडक अवस्थाको लागि पर्याप्त छ। यसको कुल तौल विभिन्न भेरियन्टहरूमा निर्भर गर्दै १,७०२ किलोग्राम देखि १,८९९ किलोग्राम सम्म हुन्छ।

मारुति ई भिटाराको आकार:

ब्याट्री प्याक र रेन्ज ः

कम्पनीले मारुति ई भिटारा दुई फरक ब्याट्री प्याक (४९ किलोवाट आवर र ६१ किलोवाट आवर) सहित ल्याएकाे छ। यसमा, ठूलो ब्याट्री प्याकमा डुअल-मोटर अल ह्वील ड्राइभ (AWD) सेटअप दिइएको छ। यसलाई कम्पनीले अल ग्रिप-ई नाम दिएकाे छ। यो चिनियाँ कार कम्पनी बिल्ड योर ड्रीम (BYD)बाट प्राप्त ब्लेड सेल लिथियम आइरन-फस्फेट(LFP) ब्याट्री प्याकद्वारा संचालित छ। अन्य कार निर्माताहरूले ब्याट्री सेलहरू मात्र निर्यात गरेर स्थानीय रूपमा एसेम्बलिंग गर्छन् र आफ्ना सवारी साधनहरूमा तिनकाे प्रयोग गर्छन् । तर, सुजुकीले सम्पूर्ण ब्याट्री-प्याक बीवाइडीबाट नै आयात गरिरहेको छ।

पावर र परफर्मेन्स ः

पावरको कुरा गर्दा, अगाडिको एक्सलमा सिंगल मोटर भएको ४९ किलोवाट आवरको ब्याट्रीले १४४ एचपी पावर उत्पन्न गर्ने कम्पनीकाे भनाइ छ। तर, सिंगल-मोटर भएको ठूलो ६१ किलोवाट आवर ब्याट्री प्याकले १७४ एचपीसम्मको पावर आउटपुट उत्पादन गर्ने कम्पनीले दाबी गरेकाे छ। यी दुवै संस्करणहरूले १८९ एनएमको टर्क उत्पन्न गर्छन्। यद्यपि, इ-अलग्रिप (AWD) भेरियन्टमा पछाडिको एक्सलमा थप ६५एचपी मोटर दिइएको छ। जसका कारण कुल पावर आउटपुट बढेर १८४ एचपी र टर्क ३०० एनएममा पुग्छ जुन धेरैले बढी हो।

यी सुविधाहरू पाउन सकिने

यस एसयूभीको क्याबिनमा डुअल स्क्रिन भएको नयाँ अपरेटिङ सिस्टम वा यूजर इन्टरफेस दिइएकाे छ। यसमा टचस्क्रिन मात्र नभएर यसमा रहेकाे स्मार्टप्ले प्रो+ प्रणाली भन्दा धेरै जानकारीमूलक डिजिटल डायल पनि पाउन सकिनेछ। पछाडिको भागमा स्प्लिट-फोल्डिङ सिट, एडजस्टेबल हेडरेस्ट र सबै यात्रुहरूको लागि तीन-पोइन्ट सिटबेल्ट र ISOFIX चाइल्ड सिट माउन्टहरू दिइएकाे छ।

मारुति ई भिटारामा अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, AWD भर्जनका लागि 'ट्रेल' सहितको ड्राइभ मोड, हिल डिसेन्ट कन्ट्रोल, सिंगल-जोन अटो क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, साइड र कर्टेन एयरब्याग, हिटेड मिरर र उन्नत ड्राइभिङ एसिस्टेन्ट सिस्टम लगायतका अन्य सुरक्षा सुविधाहरू प्रदान गरिएको छ।

एजेन्सीकेा सहयाेगमा ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।